प्रमोकोड “फाेनपे डिरेक्ट” प्रयोग गरेर आईफोन १५ जित्न सकिने
काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपेले आफ्नो प्रमुख अभियान “फोन पे डिरेक्टस् पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ। यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यू आर मार्फत् अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कुरा विशेष रूपमा बताएको छ।
यो अभियान २ महिनासम्म चल्नेछ र भदौ ३१ मा समाप्त हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई आईफोन १५ दिने मेगा उपहार योजना छ। यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले फाेन पे डिरेक्टबाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड “Fonepay Direct” राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर फाेनपे डिरेक्ट मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।
“हामी “फोन पे डिरेक्टस् पैसा पठाऔँ ठाउँ को ठाउँ” विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं”, फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने, “यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्टलाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुने छन् ।”
बैंक परिसरहरुबाटै आक्टिभेसन मार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य हो।
फोनपेले सँधै आफ्नो ग्राहकहरूको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता दिन्छ र उच्च स्तरको एन्क्रिप्शन र प्रमाणीकरण प्रोटोकलहरू समावेश गरेर मोबाइल नम्बर मात्र प्रयोग गरेर सुरक्षित र संरक्षित रकम ट्रान्सफरलाई सुनिश्चित गर्दछ।