प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिंदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार (साउन ६ गते) प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । कांग्रेससँगको सत्ता सहकार्यको सहमतिपछि असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान पनि रहेको छ । ओलीलाई संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलगायत अन्य केही साना दलले पनि विश्वासको मत दिने बताइसकेका छन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ ।