अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं। अमेरिकी डलरको भाउ हलसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज साउन ६ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ १७ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ५७ पैसा छ । शनिबार पनि यहि मूल्य कायम थियो । यसअघि शुक्रबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ १५ पैसा र खरिददर १३३ रुपैयाँ ५५ पैसा निर्धारण भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ १२ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ ४७ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ३७ पैसा खरिद दर १७२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।