सानिमा बैंकद्वारा सानिमा दीर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडाैं । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो ।
सानिमा बैंकका हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् ।
दुर्घटनाका कारण मृत्यु भएका दिनेश कार्कीले सानिमा बैंकको हेटाैंडा शाखामा सानिमा दीर्घायु बचत खाता खोलेका थिए ।
सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा, १० हजार रूपैयाँसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा र ५ हजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।