पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन उपभोक्ता मञ्चको माग
काठमाडौं । उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता माग गरेको छ । मञ्चले मंगलबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
‘नयाँ सरकारको गठन लगत्तै नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा चार रुपैयाँ, मट्टितेलमा तीन रुपैयाँ र डिजेलमा तीन रुपैयाँ मूल्य वृद्धि गरेको मा उपभोक्ता मञ्च नेपाल को गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।
‘छोटो समय को अन्तराल मा पेट्रोलियम पदार्थको मूल्य निरन्तर रुप मा बढ्दै गएको र पटक-पटक गरी भएको इन्धनको मूल्य वृद्धि सँगसँगै सार्वजनिक यातायात का साथ साथै दैनिक उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुने गर्दा सर्वसाधारण आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ ।
यसर्थ यो मुल्य वृद्धि को निर्णय तत्कालै फिर्ता लिन र उपभोक्ता हक हित संरक्षण तथा आम नागरिक लाई सहुलियत दिने एवं जनजिबिकाको सवाल मा सरकार सम्बेदनशिल छ भन्ने कुरा को प्रत्याभुति दिलाउन समेत उपभोक्ता मञ्च नेपाल जोडदार माग गर्दछ ।’, मञ्चका केन्द्रीय प्रवक्ता उज्वलराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।