वाणिज्य बैंकहरुले फेरि घटाए ब्याजदर, अब कुनको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुको औसतमा साउन महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर साउन महिनाका लागि ६.७३ प्रतिशत भएको छ । असारमा औसत ब्याजदर ६.८७ प्रतिशत रहेको छ । औसतमा हेर्दा २० बैंकहरुको ब्याजदर ०.१४ विन्दुले घटेको हो ।
१३ बैंकको ब्याजद घटेको छ भने ५ बैंकहरुले असारकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् भने २ बैंकहरुले ब्याजदर बढाएका छन् । कृषि विकास बैंक र एभरेष्ट बैंकले भने असार महिनाको तुलनामा साउनमा ब्याजदर बढाएका छन् । यता, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल र नेपाल एसबिआई बैंकले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् ।
पछिल्ला महिनाहरुमा बैंकह्रले लगातारजसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन ।