नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वान
![Ramchandra-poudel Ramchandra-poudel](https://www.arthikpati.com/wp-content/uploads/2024/07/Ramchandra-poudel-1024x585.jpg)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।
उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न ७२ घन्टा समय दिएका हुन् ।
संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ । कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :