यूरो २०२४ को फाइनल खेल स्पेन र इंगल्याण्ड बीच हुने

जर्मनीमा जारी यूरो २०२४ को फाइनल खेल स्पेन र इंगल्याण्ड बीच हुने भएको छ। आज बिहान सेमिफाइनलको दोस्रो खेल सकिएसँगै फाइनलको समिकरण पुरा भएको हो।
सेमिफाइनलको दोस्रो खेल नेदरल्याण्ड्स र इंगल्याण्ड बीच भएको थियो। सो खेलमा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई २–१ ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो।
खेलको सातौँ मिनेटमा जाभी सिमेन्सले गोल गरेर नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। यद्यपि, त्यसपछि नेदरल्याण्ड्स इंगल्याण्ड विरुद्ध कुनै गोल गर्न सकेन।
खेलको १८ औँ मिनेटमा इंगल्याण्डका ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसैगरी, खेलको ९० औँ मिनेटमा वाट्किन्सले गोल गरेपछि नेदरल्याण्ड्स इंगल्याण्डसँग २–१ ले पराजित भयो।
अब इंगल्याण्ड र स्पेनबीचको खेल सोमबार बिहान १२ः४५ बजे शुरु हुनेछ।