टिकटकले जारी गर्यो Q1 2024 कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट
काठमाडौं । टिकटकले सन् २०२४ को पहिलो त्रैमासिकका महत्वपूर्ण नयाँ डाटा पोइन्ट र ट्रेण्डहरूलाई समेटेर एवम् ग्लोबल कम्युनिटीका लागि सुरक्षित वातावरण निर्माण गर्ने आफ्नो प्लेटफर्मकोभावना अनुसार पछिल्लो Q1 2024 कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट प्रकाशित गरेको छ ।
टिकटकले Q1 2024 मा संसार भरबाट आफ्नो प्लेटफर्ममा अपलोड भएका १६,६९,९७,३०७ भिडियोहरू हटाएको छ जुन अपलोड गरिएका भिडियोहरूको लगभग ०.९५ हो । यी मध्येको एक महत्वपूर्ण हिस्सा १२,९३,३५,७९३ भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिहरू मार्फत् पहिचान गरी हटाइएको थियो भने ६०,४२,२८७ भिडियोहरू थप समीक्षा पछि पुनस्थापित गरिएका छन् ।
यसका साथै टिकटकले आफ्नो कम्युनिटी गाइडलाइनहरूउल्लङ्घन गरेको आधारमा पहिलो क्वार्टरमा ९७,६४,७९,९४६ भिडियो कमेन्टहरू पनि हटाएको छ । योसङ्ख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टहरूको १.६ ५ हो । त्यस अवधिमा क्रियटरहरूले आफ्ना भिडियोहरूबाट ३,३८,१६,४६,७२२ कमेन्टहरू फिल्टर गर्न वा हटाउनका लागि उनीहरूको एक्स्टेन्सिभ कमेन्ट सेफ्टी टुलहरूको पनि प्रयोग गरेका थिए ।
उन्नत टेक्नोलोजी र मानवीय निगरानीको फाइदा उठाउँदै टिकटक आफ्नो गाइडलाइन्स विपरीतका कन्टेन्टहरू पहिचान गर्न, रिभिउ गर्न र अड्रेस गर्न प्रतिबद्ध रहन्छ । कम्युनिटी गाइडलाइन एन्फोर्समेन्ट रिपोर्टको आवधिक प्रकाशनले पूर्ण पारदर्शिता प्रति टिकटकको प्रतिबद्धतालाई चित्रण गर्दै कन्टेन्ट र अकाउन्टका कार्यहरूको मापन र प्रकृतिमा इनसाइटहरू समेत प्रदान गर्दछ ।
यसबाहेक टिकटकले अनलाइन बाल यौन दुर्व्यवहार र शोषण (CSEA) र बाल यौन दुर्व्यवहार सामाग्री (CSEA) को आदानप्रदान विरुद्ध लड्न आफ्नो प्रयासहरूमा एक नयाँस्ट्यान्ड-अलोन रिपोर्ट पनि लन्च गर्दैछ । यसले प्लेटफर्मलाई बालबालिकालाई हानि गर्न खोज्नेहरूको पहुँचबाट जोगाउने टिकटकको विश्वास छ ।
Q1 2024 रिपोर्टमा रहेका विस्तृत इनसाइटहरू र टिकटकको कन्टेन्ट गाइडलाइन, टुलर नीतिहरू बारे थप जान्नको लागि अंग्रेजीमा उपलब्ध टिकटकको ट्रान्सपेरेन्सी सेन्टरमा जानुहेस् । टिकटकछोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो । हाम्रो मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र आनन्दको संचार गर्नु हो । टिकटकको ग्लोबल मुख्यालय लस एन्जलस र सिंगापुरमा छभने यसका कार्यालयहरु न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोलर टोकियो जस्ता विश्वका विभिन्न शहरहरूमा पनि छन् ।