सुनको मुल्य बढ्दो क्रममा, सिजनल प्रभाव मुख्य कारण
काठमाडौ । याे साता सुनकाे भाउ लगातार बढी नै रह्याे । साताकाे पहिलाे दिनदेखि शुक्रबारसम्म सुन महंगिने क्रम जारी रहेकाे हाे । आइतबारकाे तुलनामा शुक्रबारसम्म सुन ताेलामा २ हजार ४०० रूपैयाँले महंगिएकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतिताेला एक लाख ४२ हजार रुपैयाँमा सुनकाे काराेबार भएकाे थियाे । तर साेमबार सुन ताेलामा २०० रूपैयाँले बढ्याे भने मंगलबार १०० रूपैयाँले बढेर प्रतिताेला एक लाख ४२ हजार ३०० रूपैयाँ पुग्याे ।
त्यसपछि, बुधबार सुन प्रतिताेला ४०० रूपैयाँले वृद्धि भएकाे थियाे । बिहीबार भने सुन ताेलामा एक हजार ६०० रूपैयाँले महंगिदा प्रतिताेला एक लाख ४४ हजार ३०० रूपैयाँमा खरिदबिक्री भयाे ।
सुनकाे मुल्य साता भर निरन्तर जसाे बढेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार ताेलाकै एक लाख ४४ हजार ४०० रुपैयाँ कायम भयाे । यो मुल्य पहिलो दिनको तुलनामा अन्तिम कारोबार भएको दिन शुक्रबारसम्म २ हजार ४०० रुपैयाँले बढी हो ।
यस साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतिताेला एक हजार ७९० रुपैयाँ रहेको थियाे जुन साताको पछिल्लो कारोबार दिनसम्म प्रतिताेला एक हजार ८७० रुपैयाँमा पुग्याे । यसरी साताभरमा चाँदी ताेलामा ८० रूपैयाँले बढाेत्तरी भएकाे हाे ।