३९ औं श्री जगन्नाथ रथयात्रा हुने, राष्ट्रपति पौडेल प्रमुख अथिति
![Jagannath Rath Yatra081 Jagannath Rath Yatra081](https://www.arthikpati.com/wp-content/uploads/2024/07/Jagannath-Rath-Yatra081-1024x703-1200x824.jpg)
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले यही असार २३ गते आइतबारका दिन ३९ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्यताका साथ आयोजना गरेको हो ।
इस्कोन नेपालद्वारारा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ३९ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्यताका साथ आयोजना गरिने भएको हो ।
नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी–घण्टाघर–दरबारमार्ग–पुतलीसडक–प्रदर्शनी मार्ग–भद्रकाली–एन.ए.सी न्यूरोड–बसन्तपुर–न्यूरोड हुँदै टुडिखेलमा समापन हुने आयोजकल जनाएको हो ।
राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा श्री जगनाथ वलदेव शुभद्रा महारानी को दर्शन गरि पुजामा सहभागि हुनेछन् । साथै वैदिक धर्मलाई संसारभरि प्रचार गरि निभ्न लागेको जस्तो भान भएको हिन्दु सनातन धर्मलाई फेरि ब्युँझाउन महान योगदान गर्ने इस्कोनका संस्थापक आचार्यश्रीमद ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादलाई माल्यापर्ण गरि सम्मान प्रकट गर्नेछन् ।