एनआईसी एशिया बैंकद्वारा मास्टरकार्ड इस्सुयन्स सेवाकाे सुरूवात
काठमाडौँ । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड इस्सुयन्स (Mastercard Issuance) सेवाकाे सुरूवात गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड इस्सुयन्स सेवाको शुभारम्भ गरिएको हो ।
डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि (EMV Chip) तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ ।
यस कार्डमार्फत ग्राहकहरुले नेपाल,भारत र भुटानबाट एटिएम विथड्रलको साथमा पीओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन् । ‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टर कार्ड बीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पुर्याउँन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एन आई सी एशिया बैंकले हालसम्म भिजा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।
एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।