अपाङ्गता भएका २५ जनालाई निःशुल्क व्हील चेयर, ११ जनालाई कमोट चेयरसहित खेल र सहायक सामग्री प्रदान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने अपाङ्गता भएका २५ जना व्यक्तिलाई ह्वील चेयर, ११ जनालाई सामाजिक विकास विभागले कमोट चेयरसहित सहायता सामग्री, खेल, खेलौनाजस्ता सहायक सामग्री निःशुल्क उपलब्ध गराइएको छ ।
वडाबाट शिफारिस भएका सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुका लागि विभागले सामग्री उपलब्ध गराएको हो । यसरी प्रदान गरिएका सहायक सामग्रीमा वकर, सेतो छडी, कमरपेटी, छन् भने खेल सामग्रीमा फुटबल, क्यारिम वोर्ड, व्याटमिन्टन, बास्केट बल, स्टीलको लठ्ठी, सानो, मध्यम र ठूला साइजका डाइपर, इलेक्ट्रिक हट व्याग, पुतलीहरु, रेजिस्ट्याण्ड व्याण्ड, ह्याण्ड बल, क्रिकेट बल र व्याट, खेल खेल्ने रिङ्, टेडी वियर, रबरको घोडा छन् ।
यसरी प्रदान गरिएका सामग्री अपाङ्गता भएका व्यक्तिहरुलाई खेल्न तथा थेरापीका लागि हुन् ।