सानिमा जिआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न लागेकाे छ ।हकप्रद शेयर निष्काशनको लागि सानिमा जिआईसी इन्स्योरेन्सले सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।
आज एक समारोहबीच भएकाे उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता अनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआईसी इन्स्योरेन्सको ५० लाख कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।