पहिलो राष्ट्रिय ई स्पोर्टसच्याम्पियनसिपमा अधिकारिक उपकरण साझेदार बन्यो: टेक्नो पोभा ६
काठमाडौँ । ई स्पोर्ट्स संघ नेपाल (इसान) ले यही आगामी असार १४ र १५ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गर्ने प्रथम राष्ट्रिय ई स्पोर्टस च्याम्पियनसिपका लागि टेक्नो पोभा ६ आधिकारिक उपकरण साझेदार हुने भएको छ ।
पब्जी मोबाईल, मोबाईल लिजेन्ड्सः ब्यांङ्ग ब्याङ्ग (एमएलबीबी) र ई-फुटबल जस्ता खेलहरू खेलिने च्याम्पियनसिपको परस्कार राशी (प्राइज पुल) १२ लाख तोकिएको छ। टेक्नो पोभा ६ का उपकरणहरू प्रयोग गरेर प्रतियोगितामा असार १४ गते अनलाइन प्रारम्भिक छनोट र असार १५ मा हुने सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा सञ्चालन गरिनेछ।
POVA 6 का विशेषताहरू
256 GB ROM कासाथ 24 GB RAM* सुपरमेमोरी, MediaTek Helio G99, 6000mAh ब्याट्रीर + 70W अल्ट्राचार्जछ, 108 MP डुअलरियरक्यामेरा
टेक्नो पोभा ६ को पृष्ठभूमि
टेक्नो मोबाइल फोनको आधिकारिक राष्ट्रिय वितरक महालक्ष्मी मोबाइल्सले नेपालको पहिलो आधिकारिक गेमिङ फोनको रुपमा जुन १६ मा टेक्नो पोभा ६ सार्वजनिक गरेको थियो। यस अघि पनि टेक्नो स्पार्क २० प्रो प्लस को रिलिजले नेपालमा निकै लोकप्रियता पाएको थियो।