सिटिजन्स बैंक र स्तूपा स्वास्थ्य सेवा सहकारीबीच छुट सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको चुच्चेपाटीस्थित स्तूपा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले स्तूपा स्वास्थ्य सेवा सहकारी संस्थामा १० प्रतिशतसम्म छुट पाउनेछन्। सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।
डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जनाएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
बैंकले देशैभर १९० शाखा, १५३ एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईबाट सेवा प्रदान गर्दै आएको छ।