बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेलसँगै चार कर्मचारीको बिदाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चार कर्मचारीलाई विदाई गरेको छ । प्राधिकरणले निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश कुमार लाल, निवर्तमान उपनिर्देशक कुुसुम शर्मा र निर्वतमान सहायक निर्देशक सुनिता कुमारी कार्कीलाई विदाई गरेको हो ।
प्राधिकरणले आफ्नो केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा विदाई तथा सम्मान कार्यक्रम आयोजना गरि चार कर्मचारीलाई सम्मान गरेर विदाई गरेको हो । उक्त अवसरमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले चारैजना कर्मचारीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै कदरपत्र र उपहार प्रदान गरे ।
निवर्तमान कार्यकारी निर्देशक पौडेल यही २०८१ साल जेठ १२ गतेदेखि र निवर्तमान निर्देशक लाल, निवर्तमान उपनिर्देशक शर्मा र निवर्तमान सहायक निर्देशक कार्की यही असार १ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गर्नुभई अनिवार्य अवकाश भएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले निवर्तमान पदाधिकारीहरूको ज्ञान र अनुभव आगामी दिनमा पनि उपयोग गर्न र निरन्तर संवादका लागि आवश्यक व्यवस्था गर्न ध्यान दिइने बताए ।
अध्यक्ष सिलवालले संस्थाको हितमा ज्ञानको उपयोग गर्न, विज्ञताका आधारमा जिम्मेवारी निर्वाह गर्न र नेतृत्व विकासमा ध्यान दिन कर्मचारीहरूलाई आग्रह गरे । प्राधिकरणलाई अब्बल दर्जाको नियामक निकाय बनाउन कर्मचारीहरूले सामूहिक रूपमा काम गर्नुपर्ने अध्यक्ष सिलवालले बताए ।