बीमा प्राधिकरणका संचालक समितिको सचिवमा सुशीलदेव सुवेदी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले असार १ गतेदेखि प्राधिकरणको संचालक समितिको सचिवको जिम्मेवारी समेत सम्हालेका छन् ।
प्राधिकरणका प्रवक्ता समेत रहेका निर्देशक सुवेदीलाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको संचालक समितिको सचिवको जिम्मेवारी तोकिएको हो ।
प्राधिकरणमा कार्यकारी निर्देशक राजुरमण पौडेलको कार्याकाल सकिएसँगै उक्त पद रिक्त छ । कार्यकारी निर्देशन सञ्चालक समितिको सचिव रहने प्रावधान छ ।