‘एक्सपेरिएन्स टोयोटा’ असार ५ बाट सुरु, १२ वर्ष सम्मको बैंकिङ्क फाइनान्स

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘एक्सपेरिएन्स टोयोटा’ आयोजना गरेको छ । कम्पनीले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित आफुनो टोयोटा शोरुममा ‘एक्सपेरिएन्स टोयोटा’ आयोजना गरेको हो ।
२०८१ लाई विशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्स्योरेन्स, बैंकिङ्क सुबिधा (१२ वर्ष सम्म) रोड कर, विभिन्न उपहारहरु समेत पाउने हुने छ ।
यस टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई यस प्रालिको विभिन्न सुबिधाको बारेमा जानकारी गराईनेछ । ग्राहकलाई यूटिएस संग विभिन्न मोडलका गाडीहरु उपलब्द रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि अनुरोध समेत गरेका छौं।
साथै, यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिङ्क फाइनान्सको पनि ब्यवस्था गरिएको छ । टोयोटाको ग्लोबल भिजन ‘मोबिलिटी फोर अल’ लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको छ ।