कर्मचारीप्रतिको आरोपलाई काम बाटै जवाफ दिन मन्त्री अधिकारीको निर्देशन
काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले कर्मचारी सयंन्त्रबाट प्रदान गरिने सेवाप्रवाहमा आमनागरिक सन्तुष्ट हुन नसकिरहेकाले छिटो, छरितो सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
काठमाडौंमा मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी सगंठनले “संघीयतामा भूमि प्रशासन र सहकारीको बर्तमान अवस्था, चुनौती, समस्या र समाधानका उपाय” बिषयक׃ कार्यपत्र प्रस्तुती कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले देशको व्यवस्था परिर्वतनमा राजनीतिक दलले सफलता प्राप्त गरेकाले अव जनताको अवस्था परिर्वतनका लागि सरकारी कर्मचारी र राजनीतिक नेतृत्व मिलेर अघि बढ्नु पर्ने बताए ।
जनताले तिरेको करबाट सरकारले आफनो आर्थिक, प्रशासनिक र विकास निमार्णका काम गर्ने भएकाले जनता नै असन्तुष्ट भएमा र समयमै सेवा प्राप्त नगरेमा ब्यवस्था परिवर्तनको कुनै अर्थ नहुने मन्त्री अधिकारीको भनाई छ । मालपोत कार्यालय, नापी कार्यालय तथा सहकारी बिभाग र यसमातहतका कार्यलयमा जनगुनासो बढि हुने भएकाले शुसासन कायम गदैं छिटोछरितो सेवा प्रवाह गर्न मन्त्री अधिकारीले निर्देशन दिए ।
कार्यक्रममा सहभागी करिव दुई सय कर्मचारीलाई सम्बोधन गदैं मन्त्री अधिकारीले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई दण्ड सजायको भागीदार हुनुपर्ने कुरामा सचेत गराए । कर्मचारी सगंठनका अगुवा नेताहरुले समेत कर्मचारी प्रशासनको अशल पहिचान निमार्ण गर्ने गरी अघि बढ्नु पर्ने बताएका थिए । कार्यक्रममा बिभिन्न बक्क्ताले मन्त्रालय मातहतको भूमि प्रशासन र सहकारीका सम्वन्धमा छुट्टा छुट्टै कार्यपत्र माथी छलफल गरिएको थियो ।