बजाज मोटरसाइकलको रात्रिकालिन सर्भिसिङ सेवा सुरु
काठमाडौं । बजाजका मोटरसाइकल अब रातको समयमा पनि सर्भिसिङ हुने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलाश चन्द एण्ड कम्पनीले ललितपुरको कुपन्डोलस्थित गुसिंगाल मोटरसाइकल सर्भिस सेन्टरबाट रात्रिकालीन सेवा सुरू गरेको हो ।
समय अभावका कारण दिउँसोको समयमा मोटरसाइकल सर्भिसिङ गराउन नभ्याउने ग्राहकलाई मध्यनजर गरी यो सेवा सुरु गरिएको हो । रात्रिकालिन सेवा लिन ग्राहकले बेलुकी ५ बजेदेखि ८ बजेसम्म मोटरसाइकल सर्भिस सेन्टरमा पु-याइसक्नु पर्नेछ ।
यसरी आएको मोटरसाइकललाई सर्भिस सेन्टरले रातको समयमा मर्मत सम्भार गरी विहान ८ बजेदेखी ग्राहकलाई हस्तान्तरण गर्ने कम्पनीको भनाई छ ।
रात्रिकालिन सेवा लिएबापत ग्राहकले अतिरिक्त शुल्क समेत भुक्तानी गर्नु नपर्ने कम्पनीले जनाएको छ । यो सेवा हालका लागी कम्पनीको आफ्नौ आधिकारिक सर्भिस सेन्टर गुसिंगाल सर्भिस सेन्टरमा मात्र उपलब्ध रहेको छ ।