गृहमन्त्रीकाे ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवक खटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतकाे आदेश
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने निर्णय अहिले कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
आइतबार सर्वाेच्च अदालतले गहमन्त्रीकाे उक्त निर्देशन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हाे।
कृष्ण विकसहितले रिट दायर गरेका थिए । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको हाे ।
गणतन्त्र दिवसका दिन गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवन गर्ने लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाउने निर्देशन दिएका थिए । महिला ट्राफिकहरूलाई महिनावारीकाे समयमा राहत स्वरूप उक्त निर्णय गरेकाे उनले बताएका थिए।