नवराज–शारदा स्मृति समाजले मनायो पौडेलको जन्मजयन्ती र वार्षिकोत्सव
![20240531_165034 (2) 20240531_165034 (2)](https://www.arthikpati.com/wp-content/uploads/2024/06/20240531_165034-2-1024x230-8000x1800.jpg)
काठमाडौं । नवराज–शारदा स्मृति समाजले आफ्नो तेस्रो वार्षिकोत्सव तथा पण्डित नवराज पौडेलको १०४औँ जन्मजयन्ती विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रम गरी मनाएको छ ।
आज शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी पण्डित नवराज पौडेलको १०४औँ जन्मजयन्ती तथा नवराज–शारदा स्मृति समाजको तेस्रो वार्षिकोत्सव मनाएको हो ।
पाँचजना बटुकहरूद्वारा स्वस्ती वाचनका साथ काठमाडौं महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकालले पानसमा दीप प्रज्वलन तथा पण्डित नवराज पौडेल तथा शारदा देवी पौडेलको तस्बिरमा माल्यार्पण गरी कार्यक्रम उद्घाटन गरे ।
समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै आफ्ना बुबा पण्डित नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले दिएको असल संस्कार, शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउने उद्देश्यका साथ स्मृति समाज स्थापना गरिएको बताए । साथै उनले आफ्ना बुबा र आमाले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गरेको पनि उल्लेख गरे ।
कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, आफन्तजन, इष्टमित्र, टोल छिमेकका प्रनिष्ठित व्यक्तिहरूको उपस्थिति थियो भने धार्मिक संस्कार र संस्कृतिसम्बन्धी सामुहिक छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
यो वर्ष उक्त संस्थाले रत्न राज्यलक्ष्मी माध्यामिक विद्यालय बानेश्वरमा अध्यनरत असहाय, अनाथ, गरिब, जेहेन्दार विद्यार्थीहरूका लागि आवश्यक स्टेशनरीका सामानहरू उपलब्ध गराएको जानकारी अध्यक्ष पौडेलले जानकारी दिए ।