महालक्ष्मी कर्पोरेट क्रिकेट लिग –२०२४, संस्करण ३ आयोजना हुने
![MCCL S3 MCCL S3](https://www.arthikpati.com/wp-content/uploads/2024/06/MCCL-S3-1024x603-1600x942.jpg)
काठमाडौँ । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग –२०२४ आयोजना गर्ने भएको छ।
बैंकले आफ्नो वार्षिक उत्सवको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गतको तेस्रो संस्करण महालक्ष्मी कर्पोरेट क्रिकेट लिग –२०२४ आयोजना गर्न लागेको हो।
ज्येष्ठ २२ गते देखी सुरु हुने क्रिकेट लिग ज्येष्ठ २४ गते सम्म सञ्चालन हुनेछ। बैंकले हरेक आफ्नो वार्षिक उत्सवको अवसरमा क्रिकेट लिग गर्दै आएको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको बैंकले जनाएको छ।
कुल ३१ खेलहरू हुने र १६० जना खेलाडीहरू रहने उक्त लिगमा ७ वाणिज्य बैंकहरू, ८ विकास बैंक तथा १ वित्त कम्पनीको सहभागिता रहने छ। उक्त लिगको उद्घाटन समारोह ज्येष्ठ २२ गते बिहान ७:०० बजे र समापन तथा पुरस्कार वितरण समारोह ज्येष्ठ २५ गते हुनेछ।