गृह मन्त्रालयको लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड रकम विनियोजन गरेको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले उक्त मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरेको जनाएका छन् ।