वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने घोषणा

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने घोषणा गरेको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृती लिएका व्यक्तिलाई रेमिट्यान्स पठाउने सुनिश्चिताका आधारमा बिनाघितो ऋण दिने बताएको छ ।