केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने घोषणा
काठमाडौं । सरकारले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने घोषणा गरेको छ ।
आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । उनले जयनगर बर्दिबास रेलमार्ग अन्तर्गत विजलपुरा बर्दिबास खण्ड र बसनाह–विराटनगर खण्डको जग्गा प्राप्तीको काम सम्पन्न गर्ने समेत घोषणा गरे ।
पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिबास खण्डको निर्माण सम्पन्न हुने पनि उनले बताए ।