प्रदेशहरूलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने

काठमाडौं । सरकारले निजी क्षेत्रको सहकार्यमा प्रदेशहरूलाई विशिष्टिकृत आर्थिक केन्द्रको रूपमा विकास गर्ने भएको छ । बजेट भाषणमार्फत अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
जसअनुसार कोशी प्रदेशलाई उद्योग, मधेसलाई कृषि, बागमतीलाई सूचना प्रविधि,गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम,कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन र आर्थिक हब बनाइनेछ ।