३७ लाख भन्दा धेरैले पाउँछन् समाजिक सुरक्षा भत्ता
काठमाडौं । देशभरमा सामाजिक सुरक्षा भत्ता पाउने ३७ लाख भन्दा धेरै नेपालीहरू रहेका छन् । २०८० काे फागुन मसान्तसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको संख्या ३७ हजार ६ लाख ३२७ पुगेको हाे ।
अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८०/०८१ मा यस्ताे उल्लेख गरिएकाे हाे । ज्येष्ठ नागरिक भत्ता,अशक्त,अपाङ्गता भत्ता लगायतका भत्ताहरु सामाजिक सुरक्षा भत्तामा पर्दछन् ।
उक्त आर्थिक सर्वेक्षणमा चालु आर्थिक बर्षमा सामाजिक सुरक्षा भत्तामा ५६ अर्ब ४४ करोड रूपैयाँ खर्च भएको पनि लेखिएकाे छ ।