प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (जेठ १३ गते) बस्दै छ । बैठक बिहान बजेका लागि बोलाइएको छ । बैठकमा बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै, आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि सभामुखले प्राप्त संशोधन र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यद्यपि, संसद अवरुद्ध गरिएकाले दैनिक कार्यसूचीहरु प्रभावित हुँदै आएका छन् ।