एमडब्लू हायर पर्चेजले ल्यायो ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’
काठमाडौं । एमडब्लू हायर पर्चेज प्रालि(एमएचपीएल) ले आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’ ल्याएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा एमएडब्लू ग्रूप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपीएलका महप्रबन्धक प्राणनाथ भट्टराईले’एमएचपीएल एप को शुरुवात गरेका हुन् ।
कम्पनीले आजको डिजिटल युगमा हरेक उद्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकास लगभग सबै क्षेत्रहरूमा द्रुत रूपमा अगाडि बढिरहेको भन्दै मोबाइल एप ल्याएको हो ।
एमएचपीएलमा हामी हाम्रा ग्राहकहरुका लागि निरन्तर रुपमा सुविधाहरु बढाउन प्रयास गर्दै आइरहेको एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले बताए ।
उनले भने, ‘आजको ’एमएचपीएल एप’ अनावरण हामीलाई हाम्रा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ । एमएचपीएल एप मार्फत् अब ग्राहकहरुले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरु प्राप्त गर्न सक्नेछन् ।’
एमएचपीएल एमएडब्लू ग्रूपद्वारा प्रवर्द्धित र नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त हायर पर्चेज क्षेत्रको परिचित नाम हो । कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । कम्पनीले हालसम्म आफ्नो व्यापक संजाल मार्फत् नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको छ ।
एमएचपीएलले दुई पाङ्ग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधनहरू इभी र फोसिल फ्युल इन्धने भारी र कृषि उपकरणहरुलाई ऋण उपलब्ध गराउँछ ।
कम्पनीले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गर्ने हेतुले स्वरोजगार सिर्जना गर्न विभिन्न उद्यमहरूलाई ऋण उपलब्ध गराउने कार्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएको छ।