बैंकहरुको पुँजीकोष सुदृढ गर्न केन्द्रीय बैंकले सहजीकरण गर्ने

काठमााडौं । नेपाल राष्ट्र बैंकले पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई केही राहत दिने गरी नीति लिएको छ । मौद्रिक नीतिको समीक्षा गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने नीति लिएको हो ।
पछिल्लो समय कतिपय बैंकहरुको पुँजी कोषको दबाबका कारण थप कर्जा प्रवाह गर्न नसक्ने बताइरहेका थिए। राष्ट्र बैंकको यो व्यवस्थाले पुँजी कोष दबाबमा रहेका बैंकहरुलाई कर्जा प्रवाह विस्तार गर्न केही सहज हुने अनुमान गरिएको छ ।