सार्वजनिक भएको दिनमा नै ५० वटा नयाँ केटीएम ३९० डुक जेन-थ्रीको डेलिभरी
काठमाडौँ । केटीएम ड्युक २५० को तेस्रो पुस्ता नेपाली बजारमा सार्वजनिक भएको छ। सार्वजनिक भएकै दिन ५० वटा मोटरसाइकल डेलिभरी भएका हुन्।
केटीएमको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले प्रिमियम बाइक सार्वजनिकसंगै डेलिभरी गरेको छ। दोस्रो पुस्ताको तुलनामा तेस्रो पुस्तामा धेरै परिवर्तन गरिएको छ।
सेकेन्ड जेनेरेसनमा मेनुअव थ्रोटेल रहेकोमा अहिले इलेक्ट्रोनिक्स कन्ट्रोल रहेको छ।
स्ट्रेट स्विङ आर्म रहेकोमा बनना स्विङ आर्म, राइडर सिटको हाइट ८३० एमएम रहेकोमा नयाँ जेनेरेसनमा ८०० एमएम रहेको छ। कर्भ वेट १७१ रहेमोमा घटेर १६३ केजी र ग्राउन्ड क्लियरेन्स १५१ रहेकोमा १७६ एमएम रहेको कम्पनीले जनाएको छ।
बाइकमा सिंगल सिलिन्डर, लिक्युड कोल्ड इन्जिन रहेको छ। यसले ९ हजार २५० आरपीएममा ३१ पीए पावर जेनेरेट गर्छ।
७ हजार २५० आरपीएममा २५ एनएम टर्क जेनेरेट गर्छ। १५ लिटर फ्उिल ट्यांक क्षमता रहेको बाइको इन्जिन क्षमता २४९ सीसी रहेको छ।
केटीएम टेक्नेलोजीमा एबीएस, क्वीक सिफ्टर, राइड बाई वयार, सुपरमोटो एबीएस, स्लिपर क्लच लगायत सुविधा रहेका छन्। गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले युवा पुस्ताको पर्खाइमा रहेको बाइक थप सुविधासहित नेपालमा आएको बताए।
उनले युवाले केटीएम बाइक राइड गरी नयाँ अनुभूति पाउन सक्ने बताए। ड्युक २५० को मूल्य ७ लाख ४० हजार रहेको छ।