राकुटेन भाइबरले प्राप्त गर्यो एस.ओ.सी टु टाइप टु सर्टिफिकेसन
काठमाडौँ । सुरक्षित र निजी सञ्चारमा बलियो ध्यान केन्द्रित गर्ने विश्वको अग्रणी सञ्चार प्लेटफर्महरूमध्ये एक राकुटेन भाइबरले सर्भिस अर्गनाइजेसन कन्ट्रोल (एस.ओ.सी) टु टाइप टु प्रमाणीकरण सफलतापूर्वक पूरा गरेको छ। एस.ओ.सी टु अमेरिकन इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक अकाउन्ट (AICPA) द्वारा विकसित गरिएको लेखापरीक्षण मानक हो। यसको फ्रेमवर्क ग्राहक डेटाको सुरक्षा, उपलब्धता, निजत्व र गोपनीयता सुनिश्चित गर्न डिजाइन गरिएको हो ।
विश्वको सबैभन्दा ठूलो व्यवसायिक सेवा फर्महरूमध्ये एक अर्न्स्ट एन्ड यंगद्वारा सञ्चालित लेखापरीक्षणले राकुटेन भाइबरको सूचना सुरक्षा अभ्यास, नीति, प्रक्रिया र सञ्चालनहरूले एसओसी टु मापदण्डहरू पूरा गरेको पुष्टि गर्छ।
“एसओसी टु टाइप टु प्रमाणीकरण प्राप्त गर्नु राकुटेन भाइबरको लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो र हाम्रा प्रयोगकर्ताहरूको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न हाम्रो अटल प्रतिबद्धताको प्रमाण हो,” भीपी इन्जिनियरिंग र सीआइएसओ लियाड श्नेलले भने। “यो प्रमाणीकरणले सूचना सुरक्षाको लागि हाम्रो सक्रिय प्रयास र डेटा सुरक्षाको उच्चतम स्तरहरू कायम राख्नको लागि हाम्रो समर्पणलाई प्रमाणित गर्दछ। हामी आफूलाई सुम्पिएको डेटाको गोपनीयता र अखण्डतालाई प्राथमिकता दिन जारी राख्नेछौं र हाम्रो विश्वव्यापी समुदायको लागि सुरक्षित र भरपर्दो सन्देश प्लेटफर्म प्रदान गर्न प्रयास गर्नेछौं।”
एस.ओ.सी टु कम्प्लायन्सको अतिरिक्त राकुटेन भाइबरले आफ्नो पूर्वाधारमा अतिरिक्त तहहरू थपेर र आफ्नो प्लेटफर्मको निगरानी बढाएर धेरै सुधारहरू गरिरहेको छ। सन् २०१६ मा भाइबर सबै प्राइभेट वान अन वान ग्रुप च्याट र भिडियो कलहरूमा एण्ड-टु-एण्ड इन्क्रिप्सन लागू गर्ने पहिलो प्रमुख मेसेजिंग एपहरूमध्ये एक बन्यो।