काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच सहकार्यको समझदारी भएको छ । समझदारीपश्चात् प्रभु बैंकका ग्राहकले काठमाडौं मोडेल अस्पतालमा छुट सुविधा पाउने भएका छन् । अस्पतालका प्रबन्ध निर्देशक गौरी प्रधान र बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले काठमाडौं मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैक सँगको आवद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सक्ने जनाइएको छ ।
सामुदायिक क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायकको रूपमा काठमाण्डु मोडेल अस्पतालले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आईरहेको छ ।
स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि काठमाण्डू मोडेल अस्पतालमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाका साथै दन्त चिकित्सालय सेवा समेत उपलब्ध गराउँदै आएको छ ।