जेठ महिनाका लागि राष्ट्रिय बाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर कायम गरेको छ । बैंकले जारी गरेको विभिन्न प्रकारका निक्षेपहरुमा दिइने नयाँ ब्याजदर प्रकाशित गरेको हो ।
बैंकले व्यक्तिगततर्फ साधारण तथा विशेष मुद्दती खातामा ६.४० प्रतिशत, रेमिटान्स मुद्दती खातामा ७.४० ब्याजदर कायम गरेको छ । त्यसैगरी संस्थागततर्फको मुद्दतीमा बैंकले ५.३५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यसैगरी बचत खातातर्फ भने बैंकले न्यूनतम ३.६५ देखि अधिकतम ४.६५ प्रतिशत ब्याजदर कायम गरेको जनाएको छ । राष्ट्रिय बाणिज्य बैंक रेमिटान्स बचत खातामा भने ५.६५ प्रतिशत ब्याजदर कायम गरेको छ ।