मालपोत र नापी सम्बन्धी आधारभूत सेवा अनलाइनबाटै प्राप्त गर्न सकिने
काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङकन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गर्ने भएको छ ।
साथै, मालपोत र नापी सम्बन्धी आधारभुत सेवा स्थानिय तहबाट अनलाइनबाटै प्राप्त गर्ने सकिने व्यवस्था गर्ने भएको छ । संसदमा आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।