आगामी वर्ष विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्याइने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा कुल विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखेको छ ।
निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गरेर विद्युत् उत्पादनको क्षमता बढाउने सरकारले जनाएको हो । अहिले विद्युत् जडित क्षमता ३ हजार मेगावाट छ ।
आगामी आर्थिक वर्षका लागि ल्याइएको सरकारको नीति तथा कार्यक्रममा प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुर्याउने लक्ष्य छ ।
सौर्य ऊर्जाको समेत विद्युत् खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याउने सरकारले जनाएको छ ।