’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार
काठमाडौं । नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनस्को रुपमा स्थापित टिभिएसले ’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ ।
नयाँ वर्षको स्किम अन्तर्गत ग्राहकहरुलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधाको साथ साथै हरेक हप्ता १००% क्यास ब्याक, sure–shot क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, र बजारकै सबै भन्दा कम इएमआई तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्द गराएको थियो ।
योजना अन्तरगत अंकुश साहले एनटर्क ड्रमको खरिदमा रु. ५०,००० पुरस्कार जितेका छन्। त्यसै गरि, सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १००% क्यासब्याक प्राप्त गरेका छन् भने राम बहादुर राणाले रेडरको खरिदमा रु. ५०,००० पुरस्कार जितेका छन् ।
जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।