चौधरी ग्रुपको फुड्स पार्कमा आक्रमण, आक्रमणकारीहरु पक्राउ
काठमाडौं । ललितपुरको भैंसीपाटीमा चौधरी ग्रुपद्वारा सञ्चालित सी. जी. फुड्स पार्कमा अज्ञात समूहले आक्रमण गरेको छ ।
शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको एक समुहले कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तीमाथि तोडफोड गरेको सो कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका प्रवक्ता मधुसूदन पौड्यालले जारी गरेको विज्ञप्ती अनुसार फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति हातपात गरेका थिए । त्यस कर्मचारीहरूले प्रतिकार गरेपछि उनीहरु त्यहाँबाट भागेको विज्ञप्तीमा उल्लेख छ ।
त्यसलगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको बताइएको छ ।
सिजी कम्पनीले दिनदहाडै भएकाे साे घटनाकाे चाैधरी ग्रुपले भर्त्सना गर्दै घटनामा संलग्नहरूलाइ कडा कारवाही गर्न सरकारसँग माग गरेकाे छ ।