सुनको मुल्य अस्थिर, मध्यपुर्व क्षेत्रको अस्थिर राजनीतिक अवस्था र फेडको स्थिर नीति मुख्य कारण
काठमाडौं । यो साता बिश्व बजारमा सुनकोमुल्य अस्थिर रह्यो । विगतमा एकपछि अर्को गरी नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मुल्यमा मध्यपुर्व क्षेत्रमा जारी द्धन्दको अस्थिरता र फेडले लिएको स्थिर नीतिको प्रभावले मुल्य वृद्धिको क्रम रोकिएको मात्र नभई मुल्य सामान्य घट्न बल पुगेको बिश्लेषकहरुले बताएका छन्। यद्यपी केही महिनाभित्रैमा सुनको मुल्यले थप उचाई कायम गर्ने उनीहरुले बिश्लेषण छ ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्य सामान्य घटेको छ । साताको पहिलो दिन आइतबारको तुलनामा दोस्रो दिन सोमबार सामान्य घटेको मुल्य तेस्रो दिन मंगलबार स्थिर रह्यो । साताको चौथो दिनदेखि पुनः ओरालो लाागेको मुल्यमा साताको अन्तिम काराबोर भएको दिन शुक्रबार सम्म निरन्तर कमी आयो । साताको पहिलो दिनको तुलनामा पछिल्लोकारोबार भएको दिन क्रबारको मुल्य प्रति १० ग्राम १ हजार ९ सय ५ रुपैयाँले कम हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ४ सय २३ रुपैयाँ रहेको मुल्य साताभरको उतार चढाव पश्चात अन्तिम दिन शुक्रबार प्रति १० ग्राम १ हजार ४ सय १० रुपैयाँकायम भयो ।