क्रोयसियामा राजदूतावास माग्दै परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं । युरोपेली मुलुक क्रोयसियामा नेपाली राजदूतावास स्थापना गर्न माग गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ ।
व्यवसायी दावा लामाले शुक्रबार परराष्ट्रमन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउनुअघि एनआरएनए क्रोयसिया तथा क्रोयसियामा रहेको नेपाली समुदायबीच छलफल गरिएको थियो ।
परराष्ट्र मन्त्रीसँगको भेटपछि क्रोयसियामा रहेका नेपालीहरूको विभिन्न समस्या समधान हुनेमा आशावादी भएको लामाले प्रतिक्रिया दिएका छन् ।
ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले क्रोयसियामा रहेका नेपालीहरूको समस्या आफूलाई थाहा भएको र समाधान छिट्टै हुने वाचा गरे ।
करिब २० हजारको संख्यामा नेपालीहरू क्रोयसियामा रहेको बताइएको छ । रोजगारीमा जानेहरूको संख्या बढेसँगै क्रोयसियामा कानुनी तथा प्रशासानिक जटिलता पनि थपिंदै गएका छन् ।