आईपीओ निष्काशन गर्न क्रेस्ट माइक्रो इन्स्योरेन्सले चयन गर्यो बिक्री प्रबन्धक

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले एनआएमबि एस क्याप्टिल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ बहादुर पाँडेले हस्ताक्षर गरेका छन्।
कम्पनीले आफ्नो प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ५२ करोड ५० लाख रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ७५ करोड पुग्ने छ । कम्पनीले हाल जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२,५०,००,०००/- रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।