साेमबारदेखि लगानीकर्ताले ब्राेकर कार्यालय बन्द गर्ने
काठमाडौं । लगानी सुरक्षाकाे माग गर्दै आन्दाेलनमा उत्रिएका लगानीकर्ताहरूले साेमबारदेखि सेयर ब्राेकरकाे कार्यालयहरू बन्द गराउने घाेषणा गरेका छन् ।
उनीहरूले आज माईतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आन्दाेलन कडा बनाउने घाेषणा गरेका हुन् ।
संघर्ष समितिका संयाेजक उपेन्द्र पाठकले ब्राेकर कार्यालय बन्दकाे क्रममा कुनै अप्रिय घटना भए त्यसकाे जिम्मेवार ब्राेकरहरू आफै हुनुपर्ने चेतावनी दिए । उनीहरूले भाेलि विहान साढे सात बजे लगानी सम्मेलनलाई लक्षित गर्दै साेल्टीमाेडमा प्रदर्शन गर्ने भएका छन् ।