क्लासिक भ्यु रिसोर्टकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र क्लासिक भ्यु रिसोर्ट बीच क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
बुढानिलकण्ठ,काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट लिमिटेडलाई क्यापिटलको “आईडिया टु आईपीओ” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम कम्पनीको (आईपीओ) निष्काशन गर्न एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ।
कम्पनीको जारी पूँजीको १४ प्रतिशत अर्थात् १०० रूपैयाँ अंकित दरका १० लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न सम्झाैता भएकाे हाे ।
क्लासिक भ्यू रिसोर्ट १९ रोपनीको क्षेत्रफलमा निर्माणधिन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ ।