ह्वाइट लोटस पावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ
काठमाडौं । ह्वाइट लोटस पावरले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको २६ प्रतिशत अर्थात् १२ लाख कित्ता सेयरा जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यामा आइपीओ जारी गर्न लागेको हो ।
उक्त आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका हुन् ।
ह्वाइट लोटस पावरले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरी ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।