शारडा ग्रुपका अध्यक्ष प्रतिष्ठित इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित

काठमाडौ । शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडा नेपाल चेम्बर अफ कमर्सको इन्द्रभक्त स्मृति पुरस्कारबाट सम्मानित भएका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७३औँ साधारणसभाको अवसरमा आयोजित समारोहमा अध्यक्ष शारडालाई उक्त सम्मान गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि थिए। शारडा ग्रुपको नेतृत्व गर्दै उनले नेपालमा रोजगारीको अवसर सिर्जनासँगै मुलुकको आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै प्रतिष्ठित पुरस्कार प्रदान गरिएको बताइएको छ।
शारडा समूहले उपभोक्ताले प्रयोग गर्ने वस्तुको व्यवस्थापन, उत्पादन र आयात गर्दै आएको छ।
पुरस्कार प्राप्त गरेपछि शारडाले प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुन पाउँदा हर्षित भएको बताए। उनले भने, ‘शारडा ग्रुपले दशकौं देखी गरेको सेवा र गुणस्तरको मुल्यांक हुँदा कृतज्ञ महसुस गरेको छु। हामी मुलुकको आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्न कटिबद्ध छौँ।’
प्रतिष्ठित उद्योगी र सामाजसेवी स्वर्गीय इन्द्रभक्त श्रेष्ठको स्मृतिमा इन्द्रभक्त स्मृति पुरस्कार नामकरण गरिएको हो। यो पुरस्कार उद्योग, व्यापार क्षेत्रका नेतृत्वकर्ताहरुले सामाजिक दायित्व र मुलुकको विकासमा गरेको योगदानको कदर गर्दै प्रदान गरिन्छ।