उद्योग वाणिज्य दिवसमा आर्थिक सुधारको प्रतिबद्ता खोजिने, भारतीय लगानीकर्ता सहभागी हुँदै
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने भएको छ ।
चैत्र २८ गते बुधबार ८ः३० बजे तय भएको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलहरुलाई निम्त्याएको छ । यस अघि ९ः३० मा तय भएको उद्घाटन समारोह ८ः३० बजे सारिएको छ ।
यस पटकको साधारण सभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पूरी वक्ताका रुपमा रहेका छन् । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरु सहभागी छन् ।