महासंघको साधारण सभामा भाग लिन भारतीय उद्योग परिसंघका अध्यक्ष आउँदै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभामा भारतीय उद्योग परिसंघका अध्यक्ष संजीव पुरी सहभागी हुने भएका छन् । उनी वक्ताका रूपमा सहभागी हुने महासंघले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोज्ने तयारी छ ।
बुधबार आयोजना हुने कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताहरूलाई निम्त्याएइएको महासंघले जनाएको छ ।
सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरू सहभागी भएको महासंघले जनाएको छ ।