एक पछि अर्को रेकर्ड कायम गर्दै सुनको मुल्य
काठमाडौँ । यो साता पनि अघिल्ला सातामा जस्तै सुनकोमुल्यले एकपछि अर्को गर्दे नयाँ रेकर्ड कायम गरेको छ । साताकोपहिलो दिन आइतबारको तुलनमा दोस्रो दिन शोमबार सामान्य मात्र बढेको सुनको मुल्य साताको तेस्रो दिन मंगलबार नयाँ रेकर्ड कायम गर्न सफल भयो ।
बुधबार स्थिर रहेको मुल्य बिहिबार सामान्य घटेको भए पनि शुक्रबार फेरी उच्च रेकर्डमा पुग्यो । अमेरिकी रिजर्ब बैंकको ब्याजदर कटौती गर्ने नीति सँगै द्धन्द, अस्थिरता र चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको बिश्लेषकहरुले बताएका छन्।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबारको तुलनामा दोस्रो दिन शोमबार सामान्य बढेको मुल्यले मंगलबार नयाँ उचाई लियो । बुधबामर स्थिर रही विहिबार सामान्य घटेको मुल्य शुक्रबार फेरी उच्च रेकर्ड कायम गर्दै प्रति १० ग्राम १ लाख १९ हजार ४ सय ३० पुग्यो । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लोकारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम २ हजार १ सय ४५ रुपैयाँले बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार पति १० ग्राम १ हजार ४ सय ५७ रुपैयाँ ५० पैसा रहेको मुल्य अन्तिम दिन शुक्रबार प्रति १० ग्राम १ हजार ४ सय ७४ रुपैयाँ ५० पैसा कायम भयो ।